थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाईरसको संक्रमणबाट ५ सय २७ जना निको भएका छन् । हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

तथ्याङ्क अनुसार कुल संक्रमित मध्ये ९७ दशमलव ६ प्रतिशत संक्रमित निको भईसकेका छन् ।

सोमबार देशभर ५ हजार ३ सय ९ वटा पिसीआर परिक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ ।

यस्तै ४ हजार ३ सय ७३ संक्रिय संक्रमितमध्ये १ सय ६३ जनाको आइसीयू र ३७ जनाको भेण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित १० जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको छ ।


ताजा खबर