ट्रम्प विरुद्ध महाअभियोगको प्रस्तावको तयारी

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दोस्रो पटक महाअभियोग प्रस्तावमा मतदान हुनसक्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा छिटै संसदमा मतदान हुने सम्बन्धमा वरिष्ठ डेमोक्र्याटिक सांसदले जानकारी दिएका हुन् ।

गत बुधबार अमेरिकी संसद क्यापिटोल भवनमा भएको हिंसात्मक घटनालाई उत्तेजित बनाएको आरोपमा राष्ट्रपति ट्रम्पलाई दोस्रोपटक महाअभियोग लगाउन लागिएको हो । राष्ट्रपति ट्रप्पका उदण्ड समर्थकहरुले हुल्दंगाका कारण भएको घटनामा पाँच जनाको मृत्यु भएको छ ।

यसै हप्ता हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोगका विषय अघि बढाइए पनि माथिल्लो सदन सिनेटमा भने अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको १ सय दिनको कार्यकाल पूरा नगरी ट्रम्प विरुद्धको महाअभियोगको प्रस्ताव लैजान नपाउने व्यवस्था छ । –रोयटर्स


ताजा खबर