काठमाडौंका १२६ सहित २५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा हालसम्म ९७ दशमलव ६ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित निको भएका छन् ।

हालसम्म ६५ दशमलव ८ प्रतिशत पूरुष र ३४ दशमलव ९२ प्रतिशत महिला सङक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप ५ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

देशभर ४ हजार २ सय ८६ पिसिआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा १ सय २६ सहित २ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमित मध्ये ३ हजार २ सय ४३ जना संस्थागत आइसोलेसन र २ सय ५७ जना क्वारेनटाइमा रहेका छन् ।

यस्तै १ सय ९१ जनाको आइसीयु र ४४ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण थप ५ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय १७ पुगेको छ ।


ताजा खबर