पारससहित १० नेपाली क्रिकेटर पीएसएलकाे ड्राफ्टमा

फेब्रेवरी देखि मार्चमा हुने पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट १० क्रिकेटर ड्राफ्टमा परेका छन ।

सो ड्राफ्टमा पूर्व कप्तान पारस खड्का सहित कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाष बोहोरा, पवन सरार्फ, कुशल मल्ल, सुवास खकुरेल र आसिफ शेख छन् ।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको नामहरूमा नेपालबाट सिल्भर क्याटेगोरीमा पारस सहित ९ खेलाडीकाे नाम रहेकाे छ । यसअघि अर्का नेपाली खेलाडी सन्दिप लामिछाने प्लेनिटम क्याटेगोरीमा ड्राफ्टमा रहेका थिए ।

२०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने प्रतियाेगिताकाे ड्राफ्ट आइतबार साँझ हुनेछ ।


ताजा खबर