बाइडनको जीत अमेरिकी कंग्रेसद्वारा अनुमोदन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको जीतलाई अमेरिकी कंग्रेसले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै आगामी जनवरी २० मा बाइडनले राष्ट्रपतिको पद सम्हाल्नुहुनेछ ।

एकातर्फ अमेरिकी कंग्रेसमा बाइडनको जीतलाई अनुमोदन भइरहेको थियो भने अर्कोतर्फ ट्रम्प पक्षीय कार्यकर्ताहरुले निर्वाचन परिणामको विरुद्ध हिंसात्मक बिरोध प्रदर्शन गरिरहेका थिए । जसका कारण चार जनाको मृत्यु भयो ।

बिरोधको मुख्य बिषय थियो बाइडेनको जीत अस्वीकार । यस बिषयमा वेलायती प्रधानमन्त्री वोरिस जोनसोनले राष्ट्रपति ट्रम्पको गतिविधि पुर्णरुपमा गलत भन्नु भएको छ।

यसैगरी मिसेल ओबामाले यो प्रदर्शन र हिंसात्मक गतिविधिलाई आतंकबादी गतिविधि भन्नुभएको छ भने अन्य बौद्धिक र राजनीतिक व्यक्तित्वहरुले ट्रम्प कार्यकर्ताहरुको गतिविधिलाई अराजनीतिक भनी टिप्पणी गरेका छन् । –रोयटर्स


ताजा खबर