आज थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाईरसको संक्रमणबाट हालसम्म ९७ दशमलव ५ प्रतिशत संक्रमित निको भएका छन् ।

आज देशभर ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै निको हुन बाँकी ४ हजार ६ सय ८१ संक्रमितहरु विभिन्न आइसोलेशन तथा क्वारिन्टाइनमा रहेका छन् ।

गम्भीर लक्षण देखिएका १ सय ८६ जनाको आई.सी.यू र ३८ जनाको भेण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

आज देशभर ४ हजार २ सय ८६ पिसिआर परिक्षण गर्दा ३ सय ६२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

कोरोना संक्रमणका कारण आज थप ३ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ताजा खबर