पाकिस्तान सुपर लिग फेब्रुअरी २० तारिखबाट

पाकिस्तान सुपर लिग आगामी फेब्रुअरीको २० तारिखबाट सुरु हुने भएको छ । एक महिनासम्म चल्ने प्रतियोगिता मार्च २२ तारिखमा सकिनेछ । जसमा उद्घाटन खेलमा साविक विजेता कराची किंग्स र २०१९ को विजेता क्वेटा ग्लाडियटर्सविच प्रतिस्पर्धा हुनेछ ।

यसपटक प्रतियोगिता दुई वटा शहरमा मात्र हुनेछ । जसमा कराची र लाहोरमा प्रतियोगिता हुने भएको छ । कोरोना भाइरसका कारण आयोजकले टिमलाई सिमित स्थानमा रहुन भनेर दुई स्थानमा मात्र प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको पहिलो हाफ कराँचीमा हुने भएको छ भने बाँकी लाहोरमा हुने छ । लाहोरमा प्लेअफका खेलपनि हुनेछ । रंगशालामा दर्शक प्रवेशका विषयमा यो महिनाको अन्तिममा निर्णय हुनेछ ।

यो प्रतियोगिताका लागि खेल्न आउने विदेशी खेलाडीलाई कराँची आउनु अगाडी पीसीआरको नेगेटिभ रिपोर्ट लिएर आउनुपर्ने बताएको छ । पाकिस्तान पुगेपछि खेलाडीको थप दुई चरणको परिक्षण हुनेछ । त्यसमा नेगेटिभ आएमा उनीहरुलाई प्रशिक्षणमा सामेल गर्न पाइनेछ । यसका साथै खेलाडीको ड्राफ्ट आइतबार लाहोरमा हुनेछ ।

यो प्रतियोगिताका लागि नेपाली खेलाडी सन्दिप लामिछानेको नामपनि ड्राफ्टमा रहेको छ । उनी यसपटक प्रतियोगिताको शिर्ष श्रेणी प्लाटिनममा रहेका छन । यसपटक उनी विक्रि भएमा र खेल्न गएमा महंगो रकममा विक्रि हुने पक्का छ । –रासस


ताजा खबर