चन्द्रागिरी हिल्सको आइपीओमा एकैदिन ३ गुणा बढी आवेदन

काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको सेयरमा एकै दिन ४७ लाख ९६ हजार ७ सय कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा राखेकोमा पहिलो दिन नै ३ गुणाभन्दा बढी आवेदन परेको हो ।

कम्पनीको सेयरका लागि २ लाख ३१ हजार ८९२ जनाले आवेदन दिएका छन् । कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्ता सम्मका लागि आवेदन दिन सकिन्छ । आवेदन पुस २८ गतेसम्म दिन पाइन्छ ।


ताजा खबर