आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसबाट आज थप ५ सय ५४ जना संक्रमित भएका छन् ।

आज ५ हजार २ सय ६९ वटा नमूना परीक्षण गर्दा ३ सय ६६ जना पुरूष र १ सय ८८ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हाल सम्म २ लाख ६४ हजार १ सय ५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसैगरी आज थप ५ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ भने ५ हजार २१ जना संक्रमण मुक्त हुन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये १ सय ८२ जनाको विभिन्न अस्पतालका आईसियु तथा ३७ जनाको भेन्टिलेटरमा राखी उपचार भईरहेको छ । 

यसैगरी कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर