थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म ९७ दशमलव ४ प्रतिशत सङ्क्रमित निको भएका छन् ।

विहिवार ४ सय ८३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ३२ वटा पिसिआर परीक्षण गर्दा २ सय ३० पुरुष र १ सय ८२ महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ ।

यस्तै देशभर रहेका ५ हजार ५८ सक्रिय सङ्क्रमित मध्ये १ हजार ५ सय ६१ जना होम आइसोलेसन र ३ सय ४२ जना क्वारेनटाइन रहेका छन् ।

गम्भीर लक्षण देखिएका १ सय ८४ जनाको आइसियु र ३२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ९ सय ३ पुगेको छ ।


ताजा खबर