पुतलीको खेल जस्तो हाम्रो देशको शासन

~शोभा पाण्डेय /सिलवाल

मध्यावधि चुनाव भन्देै हिँडे नेता मिति तोकी

मध्यावधि चुनाव भन्देै हिँडे नेता मिति तोकी

के नाकले भोट माग्न अब हाम्रो दैलो आउँछौ  ?

 बुझी सके जनताले नङ्ग्याउँदा चाल पाउँछौ ।

कोरोनाको बहानामा गरिब श्रमिकको काम खोसियो 

वृद्ध बा ,आमा , श्रीमती र सन्तानको मुख मोसियो । 

लाज छैन शङ्कर पोखरेल,तिम्रो हुर्मत कता गयो ?

कुलमानले हटाएको लोडसेडिङ के पी बाले भन्नुभयो ।

अर्थतन्त्रमा पहिले कोरोना त ,अहिले सरकार लागी रै छ

बाहिर लडे पनि देशको ढुकुटी भने मिलिजुली खाइँदै रैछ ।

एक अर्कालाईआरोप लाउँदै यिनका दिन बितिराछ 

स्वेच्छाले जे गर्दा नि , सत्ता भत्ता पेवा भाछ ।

सांसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता 

सभामुखलाई विवादमा ल्याउँदा ,पर्‍यो भन्छन् धेरै मर्का ।

पुतलीको खेल जस्तो हाम्रो देशको कस्तो शासन ?

 मनोमानी गर्नेहरू तीन करोड जनताका अभिभावक भाछन् । 

राणा शासन भन्दा पनि वली शासन आयो कडा 

पञ्चायत निरङ्कुश भन्थे ,त्यो भन्दा  अहिले बडा ।

उडुस र उपियाँ जस्तै सरकार जनताको रगत चुस्ने

पाइलै पिच्छे करको भारले जनताको ढाड सेक्ने ।


ताजा खबर