नेपालद्वारा कतार र साउदी सीमा खोल्ने सहमतिको स्वागत

नेपाल सरकारले साउदी अरेबिया र कतारबीचका सीमाना खोल्न भएको सहमतिको स्वागत गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी दुई देशबीचका सीमाना खोल्न गरिएको निर्णयलाई महत्त्वपूर्ण कदम भएको बताएको हो। 

खाडी सहयोग परिषद् (जीसीससी) को मंगलबारको शिखर बैठकले दुई देशबीचको सीमाना खोल्ने निर्णय गरेको थियो। 

नेपालले उक्त निर्णयबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन सहयोग हुने बताएको छ। 

त्यस्तै खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रबद्र्धनमा पनि योगदान पुग्ने विश्वास नेपालले लिएको छ।

रासस


ताजा खबर