राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङबीच सवारी कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडबीच सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पहिलो सम्झौता सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौतापछि टाटा कम्पनीका व्यापारिक सवारी साधन खरिद गरेर व्यवसाय गर्न चाहने उद्यमीहरुलाई सिप्रदी ट्रेडिङले आफ्नो तालिम केन्द्रमा आवश्यक तालिम प्रदान गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र तीे उद्यमीहरुलाई बैंकले ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।

दोश्रोे सम्झौता नीजि तथा व्यापारिक सवारी कर्जा लगानी सम्बन्धी रहेको छ । सम्झौतापछि टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङ मार्फत खरिद गर्न चाहने ग्राहकलाई बैंकले नियमानुसार कर्जा लगानी गर्नेछ ।


ताजा खबर