२४ घण्टामा ४२१ कोरोना संक्रमित थपिए

नेपालमा आज थप ४२१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५८०० जनाको गरिएको पीसीआर परीक्षणमा ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ६३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५४ हजार ४ सय ९४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव २ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८७८ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १९७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिए ।


ताजा खबर