८२ अर्ब पुर्नकर्जा प्रवाह भइसक्योः गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म नेपाल राष्ट्र बैकले ८२ अर्ब पुर्नकर्जा प्रवाह गरिसकेको बताउनुभएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिजसँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले कोभिडपछि बन्द भएका उद्योग कलकारखाना करिब ६० प्रतिशत सञ्चालन हुन थालेको बताउनुभयो ।

बन्द भएका उद्योग धन्दा सञ्चालनमा आउन थालेपछि अर्थतन्त्र पनि लयमा फर्कन थालेको गर्भनर अधिकारीले बताउनुभयो ।

कोभिडकैबीच आर्थिक गतिविधि बढेको र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्र विस्तारै अगाडि बढ्दै गएको गभर्नर अधिकारीले बताउनुभयो ।

कोभिडसँगै गरिएको लकडाउनका कारण ९४ प्रतिशत उद्योगहरू बन्द जस्तै अवस्थामा थिए । –रासस


ताजा खबर