त्रिभुवन आर्मीलाई एएफसी कप क्लब लाइसेन्स

नेपालको फुटबल इतिहासमै पहिलोपटक त्रिभुवन आर्मी क्लवले एसियाली फुटबल कन्फरेसन एएफसी लाइसेन्स प्राप्त गरेको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई एफएफसी लाइसेन्स हस्तान्तरण गर्नुभएको हो ।

नेपालमा सन् २०१९ देखि एन्फाले सबै ए डिभिजन फुटबल क्लवहरुलाई एएफसी लाइसेन्स प्रकृया पूरा गर्न निर्देशन दिएको थियो । नेपालको तर्फबाट गत हप्ता त्रिभुवन आर्मी क्लबले मात्रै एएफसी लाइसेन्स प्राप्त गरेको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले त्रिभुवन आर्मी क्लवले एएफसी लाइसेन्स प्राप्त गर्नु नेपालकै लागि गौरवको विषय भएको बताउनु भयो । नेपाली फुटबलको विकासका लागि लाइसेन्स महत्वपूर्ण रहेको उहाँको धारणा छ ।

एएफसीमा एसिया महाद्धिपका ४७ राष्टहरु सदस्य रहेका छन् ।


ताजा खबर