प्रधानमन्त्रीद्वारा तमु ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले  तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् भन्नु हुदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । उहाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफू रहेको पनि स्पष्ट पार्नुभएको छ ।


ताजा खबर