आज थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार १ सय ३५ वटा पिसिआर परीक्षण गर्दा ४ सय ३८ पुरुष र २ सय ७० महिलामा संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म ६५ दशमलव २ प्रतिशत पुरुष र ३४ दशमलव ८ प्रतिशत महिला संक्रमित भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाखा ५९ हजार ५ सय ४८ पुगेको छ ।

आज थप ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

देशभर रहेका ६ हजार ३ सय ९६ सक्रिय संक्रमितमध्ये २ हजार ९ सय ५८ जना होम आइसोेलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय २८ जनाको आई.सी.यु र ४० जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।


ताजा खबर