‘ॐ अस्पतालमा मेरुदण्डको जटिल शल्यक्रिया समेत गर्छौ’

डा. गौरव राज ढकाल 

स्पाइन सर्जन डा. गौरव राज ढकालले दार्जिलिङबाट एसएलसीसम्मको अध्ययन गर्नुभयो । प्लस टू भारतको मसुरीबाट गरेपछि पोखराको मनिपाल मेडिकल कलेजबाट सन् २००४ मा एमबीबीएस र सन् २००९ मा काठमाडौं विश्वविद्यालयबाट अर्थोपेडिकमा एमएस गर्नुभयो । डा. ढकालले केहीवर्ष त्यहीँ काम गर्नुभयो । सन् २०१२ देखि २०१४ मा कलकत्ताको पार्क क्लिनिकमा स्पाइनसम्बन्धि सुपर स्पेशियालिटी तालिम (फेलोसिप) लिनुभएको छ l साथमा उहाले अमेरिका, स्वीडेन र जापानबाट एड्भान्सन्ड स्पाइन ट्रेनिङ, लिनुभएको छ ।

डा. गौरवले २०१४ अप्रिलबाट स्पाइन शल्यक्रिया सेवा शुरु गर्नुभएको हो । उहाँ स्पाइन सर्जरी मात्र गर्नुहुन्छ । अहिलेसम्म दुइसय पचास भन्दा बढी स्पाइन सर्जरी गरिसक्नुभएको छ । त्यसमध्ये एकसय भन्दा बढी जटिल प्रकृतिका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक आनुसार संसारभर हरेक वर्ष २ लाख ५० हजारदेखि ५ लाखको हाराहारीमा मान्छेहरुलाई स्पाइनसम्बन्धि चोट लाग्ने गरेको छ । सडक दुर्घटना र लडेर हुने स्पाइनको चोटका कारण धेरैको अकालमा ज्यान गइरहेको आबस्था छ । बाँच्नेहरुले पनि अपाङ्ग भएर कस्टपूर्ण जिवन जिउन बाध्य हुन्छन ।

अस्पालमा आउने स्पाइनसम्बन्धि मेजर सर्जरीमध्ये दुर्घटनामा परेका र लडेर आएका घटना ६० देखि ७० प्रतिशत रहने गरेका छन् । स्पाइन सर्जरी स्पेशलाइज्ड विधा हो । यसमा अनुभव र तालिमको महत्वपूर्ण भूमिका हुन्छ । सुपर स्पेशलाईज्ड सेवाबाट बिरामीलाई प्रभावकारी उपचार सेवा दिन सकिन्छ । स्पाइनका बिरामीलाई जोखिम घटाउन प्रक्रिया,प्रविधि र उपकरणको भूमिका महत्वपूर्ण हुन्छ ।

स्पाइन सर्जरीमा ग्यारेन्टी दिन सकिँदैन । जोखिमबाट बचाउन सक्दो प्रयास गर्नुपर्छ । स्पाइनमा धेरै किसिमका कम्प्लिकेसनहरु आउनसक्छन् । त्यसैले सर्जरी गर्नुपूर्व जोखिम कम गरेर शल्यक्रिया शुरु गर्नुपर्छ ।

चालकको लापरबाही, सार्वजनिक सवारी साधनमा ओभर लोड यात्रु राख्ने आदिका कारण दुर्घटना बढाइरहेको छ । त्यसैले सरकारले प्रभावकारी सडक नियम बनाउन जरुरी छ । अन्यथा स्पाइन इन्जुरीको समस्या कम गर्न गाह्रो हुन्छ ।

नेपालमा स्पाइन समस्या भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । यसमा सडक दुर्घटना, रुख, भिर आदिबाट खस्ने समस्यालाई मुख्य मानिएको छ । यसरी हुने स्पाइन समस्याबाट करिब ५० प्रतिशत बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । उमेर बढ्दै जाँदा हुने रोग (डिजेनेरेटिभ), नसा च्यापिने (डिक्स प्रोल्याप्स), स्पाइन क्यान्सर, कम्मर ढाड बाङ्गिने (स्कोलियोसिस) आदिका कारण ५० प्रतिशत स्पाइनको समस्या हुने गरेको छ । स्केलेरोसिस समस्या धेरैजसो बच्चाहरुमा देखिने गरेको छ ।

हाम्रो देशमा गाडी, सडकको अवस्था निकै नाजुक छ । चालकको लापरबाही, सार्वजनिक सवारी साधनमा ओभर लोड यात्रु राख्ने आदिका कारण दुर्घटना बढाइरहेको छ । त्यसैले सरकारले प्रभावकारी सडक नियम बनाउन जरुरी छ । अन्यथा स्पाइन इन्जुरीको समस्या कम गर्न गार्हो हुन्छ । सिटबेल्ट लगाउँदा पनि केही मात्रामा स्पाइन इन्जुरीको समस्या न्यूनिकरण गर्न सकिन्छ ।

गाउँघरतिर रुख चढेर घाँसपात गर्दा खस्ने, रातिको समयमा भिरबाट लडेर स्पाइनको समस्या आउनसक्ने भएकाले यसप्रति सजग र सचेत हुनुपर्छ । यसबाट स्पाइन इन्जुरी न्यूनिकरण सकिन्छ ।

स्पाइन के हो ?

टाउकाको पछाडिको भाग गर्दनदेखि तल मेरुदण्डको पुच्छरको हड्डीसम्मको भाग स्पाइन हो । यसलाई मेरुदण्ड पनि भनिन्छ । मेरुदण्डका हड्डीका मांसपेशी (प्यारास्पाइनल मसल्स ) र स्पाइनल कर्ड (मेरुदण्डको नसा) बाट निस्किएका नसाका हाँगा गर्दनदेखि तल कम्मरसम्म पुगेका हुन्छन् । गर्दनसम्म पुगेको नसाको हाँगाले हात चलाउने र कम्मर सम्म पुगेको हाँगाले गोडाहरु चलाउने काम गर्छ । समग्रमा यस किसिमको प्रक्रियालाई स्पाइन भनिन्छ । मेरुदण्डको सबैभन्दा भित्र स्पाइनल कर्ड (नसा) हुन्छ । मेरुदण्डको नसाको वरिपरि पानी हुन्छ जसलाई सिएसएफ भनिन्छ । त्यसको वरिपरि कभर हुन्छ जसलाई ड्यूरा भनिन्छ ।

कसरी हुन्छ स्पाइनमा समस्या ?

सवारी दुर्घटना, रुख वा भिरबाट लडेको बेला मेरुदण्डको कुन भागको हड्डीमा चोट लाग्छ भनेर कुनै नजर अन्दाज गर्न सकिदैन । गर्दन (सर्विकल स्पाइन) मा चोट लागेमा बिरामीको हातखुट्टा चल्दैन । यसलाई जटिल अवस्थाको समस्या मानिन्छ किनभने उपचारपछि हातखुट्टा चल्ने वा नचल्ने भन्ने कुनै ठेगान हुँदैन । तल्लो फेदको हड्डी भाँचिएको अवस्थामा हात चल्छ तर खुट्टा प्यारालाइसिस हुने संभावना हुन्छ । मेरुदण्डको हड्डी भाँचिए पनि नसामा खासै समस्या नभएमा बिरामीलाई शत्प्रतिशत समस्यामुक्त गराउन सकिन्छ ।

स्पाइन शल्यक्रियामा अनुभव र क्षमता

स्पाइन उपचार गर्ने विशेषज्ञ वा शल्यचिकित्सकमा सम्वन्धित बिषयमा गहन अध्ययन र दक्षता हाँसिल गरेको अनुभव हुनुपर्छ । अनिमात्र बिरामीले प्रभावकारी उपचार सेवा प्राप्त गर्न सक्छ । अर्थोपेडिक र न्यूरो सर्जन दुवैले स्पाइन सर्जरीमा विशेषज्ञता हाँसिल गर्न सक्छन् । तर जे भएपनि स्पाइनमा केन्द्रित भएर दक्षता हाँसिल गरेको डाक्टरले मात्र सम्बन्धित समस्यामा केन्द्रित भएर उपचार सेवा दिनसक्छ । हरेक पटकको बिरामीको उपचार गर्दा प्राप्त हुने नयाँ ज्ञान र सिपका कारण बिरामी र चिकित्सक दुवै लाभान्वित हुनुका साथै सिंगो राष्ट्रका लागि समेत गौरवको विषय हुन्छ ।

महँगो उपचार

स्पाइनको समस्या भएका बिरामीले निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउन ठूलो धनराशी खर्च गर्नुपर्छ । न्यून आर्थिक क्षमता भएकाहरुमा यो संभव पनि हुँदैन । स्पाइन इन्जुरीको उपचारमा प्रयोग गर्नुपर्ने उपकरण र इम्प्लान्टस् महँगा छन् । एउटा इम्प्लान्टको मूल्य न्यूनतम ५० हजारदेखि तीन लाख रुपियाँसम्म पर्छ । स्पाइनको समस्याको अप्रेसन र उपचारपछि आवश्यक पुनर्स्थापना (रिह्याविलिटेसन) सेवापनि महँगो छ ।


ताजा खबर