आज थप १३१३ मा कोरोना पुष्टि : कूल संक्रमित ७०६१४

पछिल्लो २४ घण्टामा देशभर १३१३  जना कोरोना संक्रमित पुष्टि भएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार देशभरका   प्रयोगशालामा  गरिएको १२ हजार २६२    नमुना जाँचमध्ये  १ हजार ३१३ जनाम संक्रमण् देखिएको हो।

योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४    पुगेको छ। २४ घण्टामा १हजार ४५५ जना डिस्चार्ज भएका छन्।

डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। देशभर १८ हजार २९९  जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।


ताजा खबर