आइपिएल : दिल्ली क्यापिटल्स आज चेन्नईसँग भिड्ने

इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किङ्ग इलेभेन पञ्जावसँग लज्जास्पद हार बेहोरेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले ९७ रनको फराकिलो जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

पञ्जावका कप्तान केएल राहुलले यो आइपीएलकै सबैभन्दा बढी व्यक्ति रन बनाउन सफल भए । ओपनर ब्याट्सम्यानका रुपमा आएका उनले ६९ बलमा १३२ रन जोड्दै अविजित रहे ।

२०७ रनको लक्ष्य लिए मैदानमा उत्रिएको क्याप्टन विराट कोहलीको बेङ्ग्लोर भने १७ ओभर सकिंदा १०९ रनमा अलआउट भएपछि यो जित पञ्जावको हातमा गएको हो ।

कप्तानको रुपमा उत्कृष्ट ब्याटिङ गरेवापत केएल राहुल म्यान अफ द म्याच बनेका थिए । आजै साँझ ७.४५ बजे नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग दुबईको इन्टरनेशनल स्टेडियममा खेल्दैछ । –एएनआई


ताजा खबर