सिटी एक्सप्रेस फाइनान्सको विशेष साधारण सभा असोज २८ मा

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले असोज २८ गते विशेष साधारण सभा आह्वान गरेको छ । फाइनान्सको हिजो असोज ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट शुरू हुने कम्पनीले जनाएको छ ।

सभामा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

त्यसैगरी, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धमा सहमती भएपछि गत पुस २८ गतेदेखी नै फाइनान्सको शेयर कारोबार रोक्का गरिएको छ । त्यसकारण पुस २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


ताजा खबर