गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम नगराउन सर्बोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलासले नेता गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो ।

रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा समेत अदेशमा उल्लेख छ । –रासस


ताजा खबर