क्यानको साधारण सभा असोज २८ मा

नेपाल क्रिकेट संघ क्यानले असोज २८ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।

चितवनमा आज बसेको कार्यसमितीको बैठकले २१ दिने सुचना निकालेर असोज २८ र २९ गतेका लागि साधारण सभा गर्ने निर्णय गरेको हो । अहिलेका लागि क्यानले भर्चुअल साधारण सभा गर्ने बताएकाे छ । त्याे बेला परिषद्ले स्विकृती दिएमा एकजुट भएर साधारण सभा गर्ने याेजना छ ।  यसका साथै क्यानको सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको जीवन विमा गर्ने निर्णयपनि क्यानले गरेको छ ।

यसका लागि कोषाध्यक्ष रोशन सिंहको सयोजकत्वमा तीन सदस्यिय समिती बनाएको छ । जसमा सदस्यमा दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन । सो समितीले सात दिनभित्रमा पोलिस बनाएर प्रक्रिया अगाडी बढाउने बताइएको छ ।

यसका साथै खेलाडीको नयाँ सम्झौताका विषयमा पनि छलफल भएको छ । यसका साथै खेलाडीको नयाँ सम्झौता पनि फाइनल भएको छ । २०२० बाट लागु हुने गरि बनाएको महिला र पुरुष खेलाडीको सम्झौतापनि भएको छ । जसमा पुरुषमा १८ जना र १९ जना महिला खेलाडी रहेका छन ।

यसका साथै नयाँ प्रशिक्षकका विषयमा केहि दिनमा टुंगो लाग्ने बताइएको छ । प्रशिक्षकका साथै जनरल म्यानेजर, क्रिकेट ब्यवस्थापक, फाइनान्स म्यानेजरका लागि खोलिएको आवेदनको अन्तिम मिती भोली (बुधबार) सकिदैछ ।

क्यानको कार्यसमितीको बैठकमा पहिलो पटक कप्तान र प्रशिक्षक पनि सामेल गरिएको थियो । –रासस


ताजा खबर