‘बस्छु म त हिमालको छाँयामा…’

प्रेम बिनोद नन्दन

बस्छु म त हिमाल को छाँयामा

गाँउछु गित नेपाल को मायामा

बस्छु म त हिमाल को छाँयामा

गाँउछु गित नेपाल को मायामा

कहि छैन यो हँसिलो हिमाल झै हाम्रो

कहि छैन यो रसिलो नेपाल झै राम्रो

जहाँ जाउ जहाँ जाउ अघि लाग्छ यो नेपाली माया

जता ततै फैली दिन्छ यो हिमाली छाया

बस्छु म त हिमाल को छायामा

गाँउछु गित नेपाल को मायामा

बस्छु म त हिमाल को छाँयामा

गाउछु गित नेपाल को मायाँमा

यो छाँयामा फैलिएर मलाइ खुल्न देउ

यो मायामा गहिरिएर मलाइ फुल्न देउ

कोइ देखी कोइ देखि डरने छैनौ हिमालै छ भने

कहिले पनि मर्ने छैनौ नेपालै छ भने

बस्छु म त हिमाल को छाँयामा

गाँउछु गित नेपाल को मायाँमा

बस्छु म त हिमाल को छाँयामा

गाँउछु गित नेपालको मायाँमा …

स्वर : प्रेमध्वज प्रधान

संगीत :नातिकाजी

शव्द :प्रेम बिनोद नन्दन


ताजा खबर