आज ३२५ कोरोना संक्रमित थपिए : १० जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छ जना महिला र चार जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठमाडौँका ४०, ६० र ६३ बर्षीया महिला, र ललितपरकी ७५ बर्षीया महिला, भक्तपुरकी ७२ बर्षीया महिला, र पाल्पाकी ४० बर्षीया महिलाको मृत्यु भएको हो भने धनुषाका ७६ बर्षीय पुरुष, काठमाडौँका ८२ बर्षीय पुरुष, चितवनका ८० बर्षीय पुरुष, र रुपन्देहीका ६७ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर