संविधान दिवसमा देशभरिका २ सय ८९ कैदी रिहा

संविधान दिवसको अवसरमा देशभरिका २ सय ८९ कैदीहरुको बाँकी कैद मिनाहा गरी रिहा गरिएको छ ।

सरकारले गरेको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेबी भण्डारीले कैदीहरुको बाँकी कैद मिनाहा गर्नुभएको हो । सामान्य प्रकृतिका मुद्दामा दोषी ठहर भई तोकिएकोमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र कारागारमा असल चालचलन देखाएकाहरुलाई रिहा गर्ने सिफारिस बमोजिम उनीहरु रिहा भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो ।

जबर्जस्ती करणी, जन्मकैद हुने अपराध, मानव वेचविखन जस्ता जघन्य अपराध गरेका कैदीबाहेक सामान्य अपराधका दोषी कैदीहरुलाई मापदण्ड पूरा गरेपछि संविधान दिवसको दिनमा रिहा गर्ने गरिएको छ । –रासस


ताजा खबर