एकै दिन २ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

नेपालमा आज एकै दिन २ हजार भन्दा बढी कोरोना भाइसरका संक्रमित थपिएका छन् ।

आज थपिएको संक्रमितको संख्या एक दिनको अवधिमा हाल सम्म थपिएको सबैभन्दा उच्च संख्या हो ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज ११ हजार ४ सय ८५ वटा नमूना परीक्षण गर्दा ६ सय ३९ महिला र एक हजार ३ सय ८१ जना पुरूष गरी जम्मा २ हजार २० जनामा संक्रमण पुष्टिभएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आज विभिन्न ५० जिल्लामा नयाँ संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौ उपत्यकामा आज ८ सय ५९ जना संक्रमित थपिएका छन् ।

आज काठमाडौका ६ सय ९८ जना, भक्तपुरका ८२ जना र ललितपुरका ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसंगै कोरोना संक्रमितको कूल सख्या ६१ हजार ५ सय ९३ पुगेको छ भने कूल संक्रमित मध्ये ४३ हजार ८ सय २० जना संक्रमण मुक्त भईसकेका छन् ।

आज थप ८ सय ७१ जना संक्रमण मुक्त भएको र हालसम्म नेपालमा कोरोना संक्रमितको निको हुने दर ७१ दशमलव ०१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसैगरी आज विभिन्न ७१ जिल्लामा गरी १७ हजार ३ सय ८३ जना संक्रिय संक्रमित रहेका छन् ।

रसुवा, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्लामा भने सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेसन तथा ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी १ सय ७३ जना गम्भीर लक्षण सहितका संक्रमितको आईसियुमा र ३६ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २ जना महिला र ५ जना पुरूष गरी थप ७ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौ र ललितपुरका १–१ जना महिला तथा मोरङका २ जना र काठमाडौ, भक्तपुर, नवलपरासीका १–१ जना पुरूषको मृत्यु भएको छ ।

यो संंगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ भने मृत्यु दर शून्य दशमलव ६३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर