‘गणेशमान नेपाली राजनीतिका शिखर पुरुष’ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष भएको बताउनुभएको छ ।

नेता गणेशमान सिंहको २३ आँै स्मृति दिवसका अवसरमा आज सभापति देउवाले गणेशमान सिंह एक सच्चा क्रान्तिकारी नेता हुनुहुन्थ्यो भन्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लौहपुरुष गणेशमान सिंह त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत रहनुभएको उल्लेख गर्नुभयो ।

कांग्रेस नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेताहरुले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताउनुभयो । –रासस


ताजा खबर