जुमको मुनाफा दोब्बरभन्दा बढी

चर्चित भिडियो कन्फ्रेन्सिङ एप जुमले कोरोना भाइरसले निम्त्याएको संकटको अवस्थामा आफ्नो मुनाफा दोब्बरभन्दा बढीले वृद्धि गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण भौतिक रुपमा उपस्थित भएर कार्यालय, विद्यालय, विश्वविद्यालय तथा अन्य संघ संस्थाका गतिविधि गर्न नसक्ने भएपछि विश्वभरी नै भर्चुअल प्रविधिबाट काम गरियो । त्यसका लागि जुमको अत्यधिक प्रयोग भएकै कारण छोटो अवधिमै जुमले धेरै मुनाफा कमाउन सफल भएको हो । तीन महिनाको अवधिमा जुमले ३५५ प्रतिशत मुनाफा कमाएको छ ।

जुलाई ३१ सम्मको तीन महिनाको अवधिमा ५० लाख ५ हजार डलर मुनाफा कमाउने अनुमान रहेकोमा ६६ लाख ५० हजार डलरभन्दा बढी नाफा कमाएको छ । सन् २०१९ को यही अवधिको तुलनामा जुमले १८ लाख ६० हजार डलर बढी नाफा कमाएको हो । यस अवधिमा भर्चुअल प्रविधि जुमको प्रयोग गर्ने ग्राहकको संख्या भने ४५८ प्रतिशतले वृद्धि भएको छ । सोमबार शेयर बजारमा जुमको रेकर्ड सबैभन्दा उच्च स्थानमा रहेको छ । –एएनआई


ताजा खबर