वामदेव गौतमद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आज राष्ट्रियसभा सदस्यमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष गौतमले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङलगायतका नेता तथा सांसदहरु सहभागी हुनुहुन्थ्यो ।

यसअघि राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा गौतमलाई  राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको थियो ।

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिसमा  कम्तिमा  एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान अनुसार यसअघि दुई जना मनोनित भइसक्नुभएको छ । –रासस


ताजा खबर