डा. शशांकको स्वास्थ्य सुधारोन्मुख

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि भर्ना गरेर उपचार भइरहेको अस्पतालले एक बिज्ञप्ति जारी गरी बताएको छ।

महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । कोइरालालाई विशेष निगरानीका लागि मात्र आइसियुमा राखेर उपचार गरिएको र अहिले उनको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा स्वासप्रस्वास बिशेषज्ञ डा. सुवोधसागर ढकाल र सघन उपचार विशेषज्ञ डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

डा. कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँको उपचारमा संलग्न चिकित्सक डा. विश्वनाथ कोइरालाले जानकारी दिए ।

महामन्त्री डा. कोइरालालाई केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो ।


ताजा खबर