टोकियो २०२० ओलम्पिक सुरक्षित तवरले मनाइने

जापानले टोकियो २०२० ओलम्पिकलाई सानो आकार र सुरक्षित तवरले सन् २०२१ मा आयोजना गर्न कोभिड १९ विरुद्धको रणनीति वर्षको अन्त्यसम्म घोषणा गर्ने बताएको छ ।

टोकियो २०२० का अध्यक्ष योशिरो मोरीले कार्यकारी बोर्डको बैठकपछि ओलम्पिकलाई सरलीकृत गर्न योजनाबद्ध प्रयास जारी रहेको जानकारी दिनुभयो । मोरीले अर्को हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निरीक्षण टोलीसँग बैठक गरेपछि ढिलाइ भएको ओलम्पिक खेलको आकार र लागत कम गर्ने ठोस उपायमा सहमति हुने जानकारी दिनुभयो ।

मोरीले सेप्टेम्बरको अन्त्यसम्म टोकियो ओलम्पिकलाई सरलीकृत गर्न दोस्रो चरणको योजना सार्वजनिक गरिने पनि बताउनुभयो । –रोयटर्स


ताजा खबर