काँग्रेस महामन्त्री शशांक कोइराला ॐ अस्पताल भर्ना

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालमा भर्ना हुनु भएको छ ।

केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएका डा कोइरालालाई हिजो साँझ ज्वरो बढेपछि चावहिल स्थित ॐ अस्पताल लगिएको थियो ।

नेता शशांकको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा बिश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न रहेको छ ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मूख रहेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजी कार्कीले जानकारी दिनुभएको छ ।

स्मरणीय छ पाँच बर्ष अघि एस्पिरेशन न्यूमोनियाका कारण अचानक अचेत हुदाँ पनि डा कोइरालाको उपचार ॐ हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।


ताजा खबर