काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का : सिन्धुपाल्चोक केन्द्रबिन्दु, सिन्धुली सहित सात जिल्ला हल्लिए

बुधबार विहानै राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार विहान ५ः१९ बजे करिब २० सेकेण्ड लामो भुकम्प गएको छ । अमेरिकी भुगर्भ सम्बन्धी वेभसाईट युएसजिएसका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार नजिकै केन्द्रबिन्दु भई ५.३ रेक्टरस्केलको भुकम्प गएको हो ।

विहानै भुकम्प गएपछि कैयौं मानिसहरु मानिसहरु घर बाहिर निस्केका छन् । राजधानीका तीन वटै जिल्लासहित धादिङ, मकवानपुर, काभ्रे, सिन्धुली, दोखलासम्म भुकम्पको धक्का महसुस गरिएको छ । यो समाचार तयार गर्दासम्म मानवीय क्षति भएको खवर प्राप्त भएको छैन ।

सिन्धुपाल्चोकमा केही दिनदेखि लगातार पहिरो जाँदा सयौं मानिसको मृत्यु भएको थियो । भुकम्प बीमा गरिएको सम्पत्तिहरुको उच्च जोखिममा पार्ने प्राकृकित विपत्ति हो ।


ताजा खबर