यातायात र हवाई सेवा असोज १ गतेदेखि सञ्चालन गरिने : शिक्षण संस्था बन्द नै राख्ने सरकारको निर्णय

सरकारले लामो दुरीको यातायात सेवा असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने र यातायात व्यवसायीहरुले सिट क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गजर्न दिने निर्णय गरेको हो ।

त्यसै गरी सरकारले आन्तरिक हवाई सेवा र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नु पर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यातायात व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने र हवाई सेवाको भाडा पर्यटन मन्त्रालयले निर्धारण गर्ने मन्त्रिपरिषदको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

सरकारले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने र नेपाल सरकारको प्रवक्तामा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

एसिड तेजावको आक्रमणमा परी घाइते हुनेहरुको आजिवन सम्पूर्ण उपचार गर्ने घाइतेको नेपाल सरकारले निशुल्क गर्ने लगायतका निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।


ताजा खबर