असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण चैत पहिलो सातादेखि रोकिएका अन्तरजिल्ला (लामो दुरीका) यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर लामो दुरीका यातायात र आन्तरिक उडान खुला गरिने उहाँको भनाइ छ ।

सरकारले गत भदौ १६ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिसकेको छ ।


ताजा खबर