असोज १ गते बाट विद्यालय खोल्ने कमलामाईका मेयर खत्रीको उद्घोष

कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले असोज एक गते देखि विद्यालय खोल्ने उद्घोष गरेका छन् ।

कमलामाई नगरपालिका र सिन्धुलीका विभिन्न सरोकारवाला संस्थाले संयुक्त रुपमा आयोजन गरेको राष्ट्रिय बालदिवस समारोहमा बोल्दै दिवस मनाउन कयौं सहभागि भएर कार्यक्रम गर्न हुने तर विद्यालय खोलेर पठन पाठन गर्न चै किन नहुने भन्दै असोज एक गते देखि विद्यालय खोल्ने बताएका हुन् । यद्यपि विद्यालय खोल्नकालागि नगरले गरेको ठोस तयारिको विषयमा भने उनले उल्लेख गरेका छैनन् ।

कोभिड संक्रमणका कारण महिनौं देखि विद्यालय बन्दहुने परिस्थिति सिर्जना हुँदा बालबालिकाको अधिकार सुनिष्चित हुन नसकेको बताउदै प्रमुख खत्रीले बालबालिकाको भविष्य निर्माणकालागि शिक्षक, अभिभावक र स्वयं बालबालिका जिम्मेवार हुने बताउदै अहिलेको समयमा विशेष गरि आफ्ना बालबालिकाको लागि अभिभावकले गर्ने व्यवहार महत्वपुर्ण रहेको बताएका छन् ।

निर्वाचित भए लगतै बालबालिका संगको अन्तरक्रियामा बालमैत्री सूचक र व्यवहार अनि त्यसको अवलम्वनका सम्बन्धमा एक बालकले गरेको प्रस्नमा गैरजिम्मेवार जस्तै देखिने गरि बालमैत्री यो मैत्री त्यो मैत्री आजै गरिदिउ घोषणा भनेर बाल सम्वेदि प्रस्नलाई अनादर गरेका प्रमुख खत्रीले यसपालिको मन्तब्यमा भने बालमैत्री सूचकमै रहेर भाषण गरेको सुन्दा खुशिलागेको नाम नखुलाउने सर्तम एक सहभागिले बताए ।

उक्त अवसरमा उपप्रमुख मन्जु देवकोटा, शिक्षक भिमविक्रम थापा, ५ नम्वर वडा अध्यक्ष, बालसंगठन सिन्धुली अध्यक्ष माढिक ढकाल, प्रमुख प्रशासकिय अधिकृत लगायतले मन्तव्य राखेका थिए ।

दिवसको अवसरमा नगरपालिकाको अलावा रिलिफ नेपाल सिन्धुली, सामुदायीक विकास समाज सिन्धुली, जेएसडिपी सिन्धुली, हेण्डस् सिन्धुलीको संयुक्त प्रयासमा फोस्रेटार विद्यालयको बालविकास केन्द्र व्यवस्थापनकालागि सामग्रि समेत हस्तान्तरण गरिएको थियो । सोहि अवसरमा सामुदायीक विकास समाज सिन्धुलीका सचिव मिलन कुमार श्रेष्ठले संस्थाको तर्फबाट नगरपालिकामा रहेको बालउद्दार कोषकालागि रु ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

राष्ट्रिय बाल दिवसको यसबर्षको नारा “विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिवद्धता” रहेको छ ।


ताजा खबर