पीएसजी फेरी हार्यो : ५ जनाले रेडकार्ड खाए

फ्रेन्च लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मनले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ । गएराति भएको खेलमा पीएसजी घरेलु मैदानमा नै मार्सेलीसँग एक शुन्यले पराजित भयो ।

पहिलो खेलमा नयाँ बढुवा भएको टिमसँग हारेको पीएसजीका मुख्य खेलाडी आइसोलेसनमा हुँदा टिमको प्रदर्शन राम्रो हुन सकेको छैन ।

खेलको सुरुवातमा केहि आक्रामक फुटबल खेलेपछि ३१ औं मिनेटमा गोल खान पुग्यो । डिमिटी पायटको फ्रिकिकमा फ्लारिएनले गोल गर्न सफल भए ।

एक गोलले पछि परेको पीएसजीले खेलमा फर्कनका लागि बारम्बार प्रयास गरेको थियो । तर पनि उनले पाएका धेरै मौकालाई आत्मसाथ गर्न सकेन ।

जसका कारण उसले लिगमा लगातार दोस्रो हार ब्यहोर्यो । खेलको अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीलाई रातो कोर्ड दिइएको थियो । खेलको इन्जुरी समयमा दुबै टिमका खेलाडीविच झगडा भएको थियो । –रोयटर्स


ताजा खबर