बाल अधिकार संरक्षणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्को यस विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त बालबालिका तथा अभिभावकमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सन्देशमा राष्ट्रपतिले सरकारका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बाल अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा अभिभावकहरू संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महामारी अन्त्यपछि शैक्षिक क्रियाकलाप यथावत् सुचारु हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालले बाल अधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।  

रासस


ताजा खबर