खाङसा बेसिमा लिफ्ट सिस्टम हस्तान्तरण : २०० घरधुरिको ४०० रोपनी सिंचाईहुने

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ४ खाङ्साङ् बेसिमा सिंचाईको लागि निर्माण गरिएको लिफ्ट सिंचाई आयोजना आईतवार हस्तान्तरण गरिएको छ । २०० घरधुरिको ४०० रोपनी जग्गा सिंचाई हुने उक्त आयोजना जापानको तोसिवा प्लान्ट सिस्टम एण्ड कर्पोरेसनको सहयोग तथा वर्डभिजन इन्टरनेश्नल नेपाल र रिलिफ नेपालको साझेदारिमा निर्माण व्यवसायी एन एण्ड के मार्फत निर्माण सम्पन्न भएको हो ।

भाद्र २८ गते एक समारोहका विच फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको प्रमुख आतिथ्यता, उपाध्यक्ष पार्वति सुनुवार लगायत स्थानियहरुको उपस्थितिमा रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले लिफ्ट सिञ्चाई परियोजना फिक्कल लिफ्ट सिंचाई सञ्चालक समितिलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गर्नु अघि परियोजनाको उद्घाटन भने गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले गरेका थिए । परियोजना हस्तान्तरण संगै मर्मत सम्भार कोषकालागि नगद रु २५००० समेत हस्तान्तरण गरिएको छ ।

सुनकोशि नदि किनारमा इनार निर्माण गरि लिफ्ट सिस्टमबाट पानी तानि ५० हजार लिटर क्षमताको ट्यांकिमा जम्मा गरि सिंचाई गर्ने प्रवन्ध गरिएको रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गा राज पौडेलले जनाएका छन् ।

लिफ्ट सिंचाई परियोजना सफलता पुर्वक सम्पन्न गरेकोमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले धन्यवाद व्यक्त गरेका छन् भने स्थानिय बासिन्दाहरु सिंचाई सुविधाले उत्पादन बढ्ने भन्दै हर्षित भएका छन् ।

रिलिफ नेपालले यस क्षेत्रमा कृषि तथा आर्थिक विकास परियोजनामार्फत समुह गठन गरि विभिन्न कृषि उत्पादनमा सहयोग पुर्याई कृषकहरुको आर्थिक विकासमा सहयोग पुर्याउदै आएको छ । कृषि उपज उत्पादन तथा बजारिकरणमा समेत परियोजनाले सहयोग गर्ने भएकोले कृषकहरुले उपयुक्त लाभ उठाउन सकेको स्थानियहरुले वताएका छन् ।


ताजा खबर