यूएस ओपनको उपाधि नाओमी ओसाकाले जितिन

जापानी टेनिस खेलाडी नाओमी ओसाकाले पुनः यूएस ओपनको उपाधि जितेकी छिन्।

सन् २०१८ मा यूएस ‌ओपन जितेकी ओसाकाले गएराती भएको महिला एकलतर्फको फाइनलमा बेलरुसकी भिक्टोरिया एजारेन्कालाई हराउन सफल भइन् ।

सन् २०१७ मा विम्लडन ओपन खेलेयता कुनैपनि टेनिस प्रतियोगिताका भाग नलिएकी ३१ वर्षीया एजारेन्काले ओसाकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भइन् ।

एजारेन्काले पहिलो सेट ६-१ ले जितेपनि दोस्रो र तेस्रो सेट भने ६-३, ६-३ ले ओसाकाले जित्न सफल भइन् । ६ पटकसम्म यूएस ओपन जितिसकेकी सरिना विलियम्सलाई हराउँदै हाल बिना वरियताकी ३१ वर्षीया एजारेन्का फाइनल प्रवेश गरेकी थिइन् ।

आफ्नो करिअरको तेस्रो ग्रान्ड स्लाम जितेकी २२ वर्षीया ओसाकाले यसअघि सन् २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । -बीबीसी


ताजा खबर