बिन्ती कुमार गुरुङको म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक

पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले  ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  

गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई  ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन्। गीतमा गायक गुरुङका विदेशी साथीहरुले बाद्यवादनमा साथ दिएका छन्।

पहिलो पटक म्युजिक भिडियोमा देखिएका गुरुङको साथमा विदेशी मोडेल आयशा अनवरको अभिनय रहेको छ । अमेरिकामा छायांकन भएको भिडियोलाई  गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ।  सुनिल उप्रेतिको छायाँङ्कन , सम्पादन र निर्देशनमा भिडियो  तयार पारिएको हो।  

यसअघि चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा Plead ( बिन्ती )  एल्बम सार्वजनिक गरिसकेका गुरुङले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पूर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।

भिडियो यस्तो छः


ताजा खबर