किशोरको गीतमा पल र वर्षाको ‘पर्ख तिमीलाई’

किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत सार्वजनिक गरिएलगत्तै चर्चामा आएको छ। प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उत्ताउलोपना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ । जहाँ मायालुले चाहेर नचाहेर यौवन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई मज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् ।

सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । उनले गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।

भिडियो यस्तो छः


ताजा खबर