प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ सार्वजनिक (भिडियो)

प्रमोद खरेल आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

आफ्नै आधिकारिक यूट्युब च्यानलबाट गायक खरेलले ‘तिम्रै लागि हो भने…’ शीर्षकको म्युजिक भिडियो शुक्रवार दिउँसो सार्वजनिक गरेका हुन् ।

नवराज न्यौपाने उक्त गीतका गीतकार तथा रचनाकार हुन् ।

कर्साङ लामाले यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा सञ्जीव मैनालीको वाँसुरीवादन सुन्न सकिन्छ भने सरोज बिष्टले गिटारवादन गरेका छन् ।

गीतमा भुवन गन्धर्वको तबला, समीर जैरीको सहनाइ, हेमन्त कान्छा रसाइलीको सारंगीवादन सुन्न सकिन्छ ।

ए प्लस स्टुडियोका साजन शाहले यो गीतलाई मिक्सिङ गरेका छन् ।

देवेन्द्र पाण्डेद्वारा कोरियोग्राफी गरिएको उक्त गीतको म्युजिक भिडियोमा पुष्पन खड्का तथा गरिमा शर्माले अभिनय गरेका छन् ।

युवराज वाइवाद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

निशल पौडेलले यो भिडियो छायांकन गरेका हुन् ।

भिडियो यस्तो छः


ताजा खबर