उपत्यकाका ४३१ सहित आज थप १२०१ मा कोरोना पुष्टि

उपत्यकामा आज थप चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा तीन सय ७७ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना गरी आज उपत्यकामा थप छ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय १६ जना महिला र सात सय ७८ जना पुरुष गरी एक हजार दुई सय एक  जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५३ हजार एक सय २० पुगेको छ ।

त्यस्तै आज देशभर आज आठ सय ५२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन। योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको हुल सङ्ख्या ३७ हजार पाँच सय २४ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर