पहिलो एकदिवसीयमा अस्ट्रेलियाको जित

अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा शान्त्वना जित हात पारेको छ । अष्ट्रेलियाले तेस्रो टी ट्वान्टी जितेपनि इंग्ल्याण्डले तीन म्याचको श्रृखंला २–१ ले हात पारेको छ ।

साउथम्पटनमा घरेलु टोलि इंग्ल्याण्डले प्रस्तुत गरेको १४६ रनको लक्ष्य अष्ट्रेलियाले पाँच विकेटको क्षतिमा खेल सकिन तीन बल बाँकी छँदै १४६ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा मिसेल मार्शले सर्वाधिक ३९ रन बनाएर अविजित रहनुभयो । आरोन फिञ्चले ३९ रन बनाउनुभयो ।

इंग्ल्याण्डका लागि अदिल राशिदले सर्वाधिक तीन तथा मार्क ऊड र टम कर्रनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डले कमजोर सुरुवात गर्दै चार रनकै स्थितिमा टम कर्रनको रुपमा पहिलो विकेट गुमाएको थियो । अर्का ओपनर एवम् विकेटकीपर ब्याट्सम्यान जोनी बैरिस्टोले ४४ बलमा ५५ रनको योगदान गरेपछि उसको पारी सम्हालिएको थियो । देविड मलानले २१, मोइल अलिले २३ र जोइ डेन्लीले २९ रन बनाएपछि उसले २० ओभरमा छ विकेटको क्षतिमा १४५ रनको सामान्य योगफल तयार गरेको थियो ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक दुई तथा मिसेल स्टार्क, जोश हयाज्लऊड, केन रिचर्डसन र आष्टन एल्गरले सामान एक एक विकेट लिनुभयो । मिसेल मार्श प्लेयर अफ द् म्याच घोषित हुँदा इंग्ल्याण्डका जोस बटलर प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।


ताजा खबर