नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने केमिकल भेटियो

पाँच उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन मिसाइएको पाइएको हो ।

विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ । मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ ।

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

सूचना यस्तो छः


ताजा खबर