एभरेष्ट बैंकको बदमासी : हजारकाे बण्डलमा पाँचसयका नाेट (भिडियो सहित)

देश र जनता काेभिड १९ ले गर्दा आर्थिक संकट झेल्न बाध्य छन्  । बैंकहरू राम्राेसंग खुलेका छैनन् । सीमित बैंक खुलेका  र काराेवारमा भिडभाडका कारण ग्राहकहरूले कष्ट भाेग्नु परिरहेकाे छ।

बैंकबाट लिएका नगदमा समेत ठगिनु परेकाे घटनाहरू बाहिर आउन थालेका छन् ।   ग्राहकसंग नाेट लिंदा बैंकले मिशिनमा हालेर गनेर, चेक जाँच गरेर लिन्छ भने ग्राहकलाई रकम भुक्तानी दिंदा भने जालझेल गर्ने गरेकाे पीडितहरूकाे  गुनासाे  सुनिन्छ । 

हजार र पाँच सयका बन्डलका नोट  बैंकसँग लिँदा तपाईं हामीमध्ये धेरैले गणना गर्दैनौं । एक सयवटा नोट रहने बन्डलमा कैफियत नहुने आम विश्वास छ । यो नेपालको बैंकिङ क्षेत्रले हासिल गरेको विश्वास हो । यद्यपि, बेलाबेला कतिपय बैंकमाथि प्रश्न उठ्ने गरेको छ ।

यही क्रममा २०७७ भदाै २६ गते  एभरेष्ट बैंक कुपण्डाेलबाट भुक्तानी लिने एक ग्राहक पीडित बनेपछि उनले प्रश्न उठाएका छन् । ती ग्राहकले १००० को १ बन्डल(सय थान) एकलाख रकम बैंकबाट लिँदा ४ वटा ५०० को नोट  फेला परेको बताएका छन् । 

ती ग्राहकले एभरेष्ट बैंकले गरेको कैफियतबारेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उक्त भिडियो हेर्ने अधिकांशले बैंकका कर्मचारीकाे  नियतमाथि प्रश्न उठाएका छन् । भिडियाे हेर्नुस्ः 

साँघु न्यूजबाट


ताजा खबर