उपत्यकाका ६९६ सहित थप १,४५४ मा कोरोना संक्रमण

उपत्यकामा आज थप छ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप छ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय २० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना गरी आज उपत्यकामा थप छ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय ६३ जना महिला र नौ सय ९१ जना पुरुष गरी एक हजार चार सय ५४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ ।

त्यस्तै आज देशभर  नौ सय ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन। योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३६ हजार छ सय ७२ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।


ताजा खबर